नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारले गरे अवलोकन

0 Shares

काठमाडौँ। यो वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन्। काठमाडौँको भृकुटीमण्डप मंगलबारदेखि सुरु भएको एक्स्पोमा पहिलो दिन नै उल्लेख्य सहभागिता देखिएको हो। ११ बजेदेखि खुला भएको उक्त एक्स्पो दिउँसोदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

एक्स्पोमा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे कार, भ्यान, जिपसँगै कमर्सियलमा ठुला बस समेत सार्वजनिक भएका छन् ।

पहिलो दिनको उपस्थिति नै निकै आकर्षक रहेकाले बाँकी ५ दिन अझ विशेष हुने देखिएको नाइमाको अपेक्षा छ । नाइमाले पाँच दिनको अवधिमा डेढ लाख भन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा राखेको छ ।

सम्बन्धित समाचार