काठमाडौं । चीनको बहुप्रतिष्ठित विद्युतीय सवारी साधन (ईभी) उत्पादक कम्पनी डोङफेङका बस नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने भएका छन् । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले एक्स्पोमा दुई वटा मोडलका बस सार्वजनिक हुने भएको हो ।
सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ विश्वका १०० भन्दा बढी देशमा निर्यात हुने चर्चित ब्रान्ड हो । नेपालमा यसका ट्रक, कार र माइक्रोबस पहिलेदेखि लोकप्रिय छन् । नेपाल सरकारले ठूला विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको र ग्राहकको माग पनि बढेकाले कम्पनीले यी बसहरू नेपाल भित्र्याएको हो ।
एक्स्पोमा ७.२ मिटर लामा, २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक हुने भएको हो । निकट भविष्यमा नै ९ र १२ मिटरका ३८ र ५२ सिट क्षमता भएका बसहरू पनि ल्याउने तयारी छ । बसको मूल्यसहित बाँकी विवरण एक्स्पोमा सार्वजनिक हुने छ ।