मंगलबार सेयर बजार २१.१५ अंक घटे

0 Shares

काठमाडौं । मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ ।

अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।

आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटे ।

एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढ्यो । सूचीकृत भएदेखि नै मूल्य बढिरहेको यस कम्पनी प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ पुगेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको १०.०७, जोशी हाइड्रोपावरको ५.२६, छ्याङ्दी हाइड्रोपावरको ४.४४, महिला लघुवित्तको ४.०२ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको ११.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९, सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन् ।

सम्बन्धित समाचार