0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनले देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरे ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सरकार अहिले बेखबर भएर बस्ने अवस्थामा नभएको बताए । उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताउँदै देश र जनतालाई ‘टुहुरो’ हुने अवस्था आएको बताएका थिए ।
उनले भने, ‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ, त्यो पाइन्छ, गर्न सकिन्छ, रास्वपामा १८२ सांसद हुनुहुन्छ, कोही न कोहीले देश लिड गरेर जाला ।’
उनले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै सक्रिय रूपमा काम गर्न वा नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।