झापामा वडासचिव घुससहित पक्राउ

0 Shares

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडासचिव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार वडासचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

सम्बन्ध बिच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीलाई दु:ख हैरानी दिएर घुस मागेको सूचना पछि अख्तियारको इटहरीबाट टोली खटिएको थियो।

साहले १० हजार रुपैयाँ लिइसकेको अवस्थामा वडाको एक स्थानीय होटलबाट पक्राउ गरेको हो।

अख्तियारले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार