0
Shares
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ)सम्म २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत बढी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि वैशाखमा २ खर्ब ५७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २९.६ प्रतिशत बढेर १४ अर्ब ५९ करोड बराबर भित्रिएको छ । अघिल्लो आव सोही अवधिमा डलरमा आप्रवाह १२.८ प्रतिशत थियो ।