सुनचाँदीको मूल्यमा गिरावट कायमै, आज भारी मात्रामा उतारचढाव

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० कायम भएको छ ।

बुधबार प्रतितोला दुई लाख ८७ हजार १०० मा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला चार हजार ५०० रहेको चाँदीको मूल्य आज १६० रुपैयाँले गिरावट आएको हो ।

सम्बन्धित समाचार