सन नेपाल लाइफलाई ‘सर्टिफिकेट अफ मेरिट’ पुरस्कार

0 Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा उपस्थित थिए।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त Certificate of Merit प्रदान गरेको हो।

उक्त अवसरमा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो सम्मान सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे।

साथै, उनले यस उपलब्धिमा मार्गदर्शन गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध सम्पूर्ण बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।

सन नेपाल लाइफले देशभरका १५० शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सक्रिय कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार