धम्कीपूर्ण अभिव्यक्तिपछि कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

0 Shares

काठमाडौं- कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन्। उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार तामाङले आफूलाई ८ लाख रुपैयाँ राहत र काठमाडौंमा जग्गा उपलब्ध नगराए खुकुरी लिएर सिंहदरबार छिर्ने तथा हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई सार्वजनिक शान्ति तथा सुरक्षामा असर पुग्ने प्रकृतिको ठहर गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार