साताको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी वृद्धि, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुुन दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ७९ हजार १०० रुपैयाँ तोकिएको थियो ।

सोही परिमाण चाँदीको मूल्य चार हजार ३२५ कायम भएको छ । यसअघि चाँदीको मूल्य चार हजार १८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार