एउटै मञ्चमा देखिँदै प्रचण्ड, माधव र ओली

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र उपसंयोजक माधव कुमार नेपालसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एउटै मञ्चमा देखिने भएका छन् । उक्त मञ्चको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा प्रचण्ड र ओलीसहितका नेताहरु सहभागी हुने भएका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय छ ।

मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ ।

यसअघि गत १२ गते विराटनगरको एक कार्यक्रममा प्रचण्डले निरन्तरतामा क्रमभंगता हुन लागेको भन्दै ‘समाजवादी मोर्चामा भएकाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ हुन लागेको अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित समाचार