सुनचाँदीकै मूल्यमा भारी गिरावट, कुनको मूल्य कति?

0 Shares

काठमाडौं । सुनचाँदीको मूल्य आज थप घटेको छ । मंगलबार घटेको मूल्यमा आज थप गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आज तोलामा ३ हजार ६ सय घटेको हो । योसँगै आज प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ हजार ६ सय रुपैयाँ घटेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेर ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार