रास्वपाको सभापतिमा रविलाई बालेनको साथ, दिए उम्मेदवारी

0 Shares

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रहेका छन् ।

चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ । रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन । बाँकी ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने छ ।

पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुनेछ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको हो ।

सम्बन्धित समाचार