असार ९ गते तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ साल असार ९ गते मंगलबार । सन् २०२६ जुन २३ तारिख । जेठ शुक्ल पक्षको नवमी तिथि । अन्तर्राष्ट्रिय एकल महिला दिवस । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष

योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्ने छ । कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्ने छ । पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ ।

वृष

धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिने छ । पहिला सम्पादन भएका कार्यको सफलताले अरु कार्यमा जोश जागर दिलाउने छ । टाढिएका आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहने छ ।

मिथुन

इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्ति गर्न सकिने छ । व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला । आयआर्जन सामान्य रहने छ ।

कर्कट

मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्ने छ । युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ होला । विभिन्न भौतिक संसाधन जुटाउन सक्नु हुने छ ।

सिंह

कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम निकाल्न सकिने छ । राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व बहन गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ रहने छ । गृहकार्यमा जीवनसाथीको सहयोग मिल्ने छ ।

कन्या

आत्मविश्वासमा वृद्धि हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने छ । परिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग मिल्ला ।

तुला

सञ्चित धनमा वृद्धि हुनेछ । बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिने छ । कार्यक्षेत्र प्रभाव बढ्ने छ । आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ ।

वृश्चिक

सेवामूलक कार्यबाट प्रतिष्ठा मिल्ने छ । शुभचिन्तकहरूको साथ मिल्ने छ । नयाँ कार्यको रूपरेखा बन्ने छ ।्र सामाजिक कार्यमा प्रवृत्ति भइने छ ।

धनु

दाम्पत्य जीवन सुमधुर रहने छ । साझेदारी व्यापारबाट राम्रो आयआर्जन गर्न सकिने छ । छरछिमेकीसँग सम्बन्धमा सुधार आउने छ । महत्वकांक्षी कार्यहरू गर्ने समय रहेको छ ।

मकर

परिजनहरूको सहयोगले बिग्रेको कार्य बन्ने छ । यात्रा अलि कष्टदायी रहन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला ।

कुम्भ

कार्यक्षेत्रमा प्रतिस्पर्धीलाई उछिन्दै विभिन्न अवसरहरु प्राप्त गर्न सक्नु हुनेछ । मेहनतले नाम कमाउन सकिएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहने छ ।

मीन

नयाँ कार्य थालनी हुनेछ । सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिने छ । कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्ने छन् । आकस्मिक धनलाभका योग छन् ।

सम्बन्धित समाचार