0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र आजका लागि स्थगित गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमा थपघटसँगै मधेस प्रदेशमा देखिएको विवादले बन्द सत्र रोकिएको हो ।
एक नेताका अनुसार आज बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउने गरी बैठक भइरहेको छ । बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधि पुगेका थिए ।