जनादेश पाउनु मात्रै ठूलो कुरा होइन : नेता ज्ञवाली

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा र जनादेशको संरक्षणबारे महत्वपूर्ण टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरू पहिलो महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तव बताएका हुन्। उनले रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ भन्ने प्रश्न सबैको चासोको विषय बनेको उल्लेख गरे। ‘राजनीतिमा राजनीतिक दर्शन (पोलिटिकल फिलोसोफी) को ठूलो महत्त्व हुन्छ,’ उनले भने।

ज्ञवालीले रास्वपालाई वैचारिक स्पष्टता आवश्यक रहेको संकेत गर्दै यसलाई प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेको समर्थनमा उदाएको राजनीतिक समूहका रूपमा उल्लेख गरे।

सम्बन्धित समाचार