एमालेसँग एकताको कुनै सम्भावना छैनः माधवकुमार नेपाल

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न आग्रह गरेका हुन्। उनले समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरूसमेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए।

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए। उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबीसमेत गरे। पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न आग्रह गरे।

उनले भने, ‘मलाई त फोनको जवाफ दिँदादिँदै हैरान भएको छु। तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ ररु सम्भवै छैन। त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्।’

सम्बन्धित समाचार