माओवादीका १० केन्द्रीय सदस्यसहित १२ जनाले दिए सामूहिक राजीनामा

0 Shares

काठमाडौँ । नेकपा माओवादीका १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् । महासचिव नेत्रबहादुर चन्द विप्लवको कार्यशैलीको आलोचना गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता, पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन्। पार्टीभित्र बहसको माग गर्नेलाई निस्कासन गरेको भन्दै असहमति राखेका छन् ।

केन्द्रीय सचिवालय सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालाई पार्टीमा निष्कासन गर्नु भर्त्सनायोग्य भएको जनाएका छन् ।

सम्बन्धित समाचार