श्रीमतीसँग हार्दिकको ‘डिभोर्स’, ७० प्रतिशत सम्पत्ति दिने सर्त

0 Shares

काठमाडौं । भारतीय अलराउण्डर क्रिकेटर हार्दिक पाण्ड्याको दिन राम्रो हुन सकिरहेको छैन । जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको विजेता टोली मुम्बाई इण्डियन्सको कप्तान बनेका उनले खराब प्रदर्शन गरे ।

क्रिकेटको प्रोफेसनल करिअरमा लय गुमाउँदै गएका हार्दिकका निजी जीवनमा समेत ठूलो धक्का हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुासर उनको वैवाहिक सम्बन्ध धरापमा परेको छ ।

उनको श्रीमतीसँग ‘डिभोर्स’ भइसकेको समाचार सार्वजनिक हुन थालेको छ । सञ्चार माध्यमले श्रीमतीलाई ७० प्रतिशत सम्पत्ति दिएर डिभोर्स गर्न हार्दिक तयार बनेको जनाएको छ ।

हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग कोर्ट म्यारिज गरेका थिए । बिहेअगाडि नताशा गर्भवती भएकी थिइन् ।

विवाहको दुई महिनापछि उनीहरूलाई सन्तान लाभ भएको थियो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।

नताशाले केही दिनअघि इन्स्टामा आफ्नो नामबाट पाण्ड्या थर हटाएकी थिइन् । दुवैले एकाअर्कालाई अनफलो गरेका छन् भने तस्विरहरू हटाएका छन् ।

यसपालि आईपीएलमा श्रीमानको खेल हेर्न नताशा नजानु र उनको जन्मदिनमा (गत मार्च ४) मा हार्दिकले केही पोष्ट नगर्नुले पनि थप आशंका देखिएको छ ।

यसपालीको आईपीएलमा मैदानभित्रै दर्शकले उनीमाथि अपमानजनक व्यवहार गरेका थिए । आईपीएलको तनाव कम गर्ने प्रयास गरिरहेका उनीको निजी जीवनले अर्को तनाव दिएको हो ।

सम्बन्धित समाचार