हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने

0 Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले दुवै उद्योग सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

उनका अनुसार रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइनेछ। कपडा तथा धागो उद्योगसँगै कपास खेतीलाई पनि सँगसँगै अघि बढाइने योजना रहेको उनले बताइन्।

मन्त्री कुमारीले उद्योग पुनः सञ्चालनमार्फत स्वदेशी उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्यअनुसार सरकार अघि बढिरहेको स्पष्ट पारिन्।

उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावटसम्बन्धी कार्य पनि अघि बढिसकेको जानकारी दिइन्।

सम्बन्धित समाचार