ई-पासपोर्ट छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

0 Shares

काठमाडौं । ई-पासपोर्ट (राहदानी) छपाइ तथा खरिद प्रक्रियासम्बन्धी अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेमा जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद थप गरिएको छ।

यसअघि यही प्रकरणमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसी पक्राउ परिसकेका छन्। उनीहरूलाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ।

अख्तियारले ई–पासपोर्ट छपाइ तथा उपकरण खरिद प्रक्रियामा भएको भनिएको अनियमितता, ठेक्का व्यवस्थापन र सम्झौता प्रक्रियाबारे विस्तृत छानबिन गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा थप विवरण संकलन भइरहेको अख्तियार स्रोतले जनाएको छ।

 

सम्बन्धित समाचार