0
Shares
काठमाडौं । अमेरिका र इरानबीच घोषणा भएको युद्धविराम सम्झौता इजरायलले नमान्ने चेतावनी इजरायलले दिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वेरले कडा प्रतिक्रिया दिँदै ट्रम्पले गरेको सम्झौता जेरुसेलमका लागि बाध्यकारी नभएको बताएका छन् ।
उनले इजरायल अमेरिकी अधिनस्थ नभई स्वतन्त्र देश भएकाले आफ्नो दायित्व इजरायली जनता,यहुदी र सेनाप्रति रहेको बताएका छन् ।
मन्त्री ग्वेरले भने– ‘हामी स्पष्ट पार्न चाहान्छौं कि हामी अमेरिकालाई प्रेम गछौं र ट्रम्पप्रति आभारी पनि छौं । तर इजरायल बनाना स्टेट होइन, अमेरिकाले गर्ने सम्झौता पालना गर्न हामी बाध्य छैनौं ।’