0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यसअघिको कारोबारमा सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।