काठमाडौं महानगरले अस्पताल बनाउने

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको घोषणा गरेको छ । आइतबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापनाको घोषणा गरेकी हुन् ।

महानगरले नगरभित्रका स्वास्थ्य सेवामा विपन्न र असहायका लागि १० प्रतिशत उपचार गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि डंगोलले घोषणा गरिन् । बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने समेत उनले घोषणा गरिन् ।

काठमाडौंमा प्रदूषण नियन्त्रण कम गर्ने तथा प्लास्टिकका झोलालाई कम गर्दै जाने रणनीति बनाउने पनि उनले घोषणा गरिन् ।

 

सम्बन्धित समाचार