काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन्। संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पारे।
उनले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो।
उनले भने,‘यहाँ मिल्ने, बिग्रने कुरै छैन। बिग्रिने के का लागिरु मिल्ने के का लागिरु पहिला उद्देश्य हुनु पर्यो नि। उद्देश्य हामी २ जनाको एउटै छ–नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्यरु जुन दिन राजा गद्धिमा बस्नुहुन्छ, राजसंस्था फर्किन्छ र, राजा गद्धीमा बस्छन नि। त्यो दिन दाजु र भाइ पहेंलो लुगा लगाएर जाउँला नि खप्तड। के बिग्रेको छ यहाँरु कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त।’
संयोजक प्रसाईंले नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताए।