0
Shares
काठमाडौं । रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, छिटोछरितो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवका अवसरमा आइएमईका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै एआई तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गरिने बताए। संस्थापक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याई राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकारसँग सहकार्य जारी रहने उल्लेख गरे।
कार्यक्रममा आइएमईको नयाँ लोगो सार्वजनिक गरिएको थियो। साथै, विभिन्न प्रतिस्पर्धाका विजेतालाई सम्मान तथा दीर्घकालीन योगदान दिएका कर्मचारीलाई विशेष सम्मान प्रदान गरिएको थियो।