सुधन फेरि गृहमन्त्री बनेपछि कांग्रेसको प्रश्नः प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?

0 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पदमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले गुरुङबारेको प्रतिवेदनमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो । लगत्तै छानबिन गर्न सरकारले समिति बनाएर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको एक साता भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

समितिको प्रतिवेदन आएपछि गुरुङ पुनः गृहमन्त्री बनेका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन गोप्य नै राखिएको छ ।

सम्बन्धित समाचार