काठमाडौं । राष्ट्रिय सानाशहरी खानेपानीतथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले सेवा प्रदायक खानेपानी संस्थामा कर नलाग्नु स्वागत योग्य कुरा भएको बताएको छ । महासंघका अध्यक्ष खेमराज ओलीद्धारा आइतबार जारी विज्ञप्तिमा आर्थिक वर्षआ.ब.२०८३÷०८४ को वार्षिक बजेट मार्फत खानेपानी संस्थामा लाग्दै आएको २५ प्रतिशत आय कर हटाउनु स्वागत योग्य भएको उल्लेख छ ।
सरकारको पछिल्लो निर्णयले देशभर सञ्चालितखानेपानीतथा सरसफाइउपभोक्ता संस्थाहरूलाई प्रत्यक्ष राहतपुग्ने विश्वास महासंघले जनाएको छ । ‘महासंघले अर्थ मन्त्रालयतथा सम्बन्धितनिकायमापत्राचार र डेलिगेशनगई विगतदेखि बारम्बार उठाउँदै आएकामागतथाराष्ट्रिय सभाबाट पारित संकल्पप्रस्तावमा समेटिएका विषयहरूलाई सम्बोधनगर्ने अनुरोध सम्बन्धमा अर्थ मन्त्रालयबाट प्राप्त प्रतिबद्धता कार्यान्वयनभएकोमा देशभरकाखानेपानीतथा सरसफाइउपभोक्ता संस्थाहरू हर्षित भएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालसरकार र खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।’
महासंघलाई आशा तथा विश्वास छ कि खानेपानी क्षेत्रमा विद्युत महसुल छुट लगायतका बाँकी रहेका अन्य जायज मागहरू पनि आगामी दिनहरूमा क्रमशः सम्बोधन हुने जनाएको छ । ।