आशिका तामाङको संसदमा अस्वभाविक हर्कत

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ जंगिएकी छिन् । विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली विपरित भएको भन्दै सभामुखसँग वादविवाद गरिरहेका बेला सत्तापक्षकी सांसद तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् ।

तामाङ आफ्नो सिटबाट उठेर अगाडी बढ्न थालेपछि उनलाई रास्वपाकै सांसदहरूले रोक्नुपरेको थियो । तामाङको आक्रोश नरोकिएपछि रास्वपा सांसदहरूले उनलाई हलबाट बाहिर निकालेका थिए।

संसदमा आशिकाले बेला बेला यस्ता हर्कत देखाउँदै आएकी छन् । रास्वपा सांसद आशिकाको यस्तो हर्कतले संसदीय मर्यादाको समेत आच पुगेको विश्लेष्ण हुन थालेको छ ।

सम्बन्धित समाचार