ट्रक दुर्घटनामा परी चालकको मृत्यु

0 Shares

बागमती । कान्तिलोक पथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगर ३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएकोे हो ।

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति निकालिएको थियो । चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए ।

सम्बन्धित समाचार