0
Shares
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदै छ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स भिडदै छन् ।
फाइनल खेल नेपाली समयअनुसार आइतबार साँझ ७ः४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो ।
दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो । आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको हो ।
आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ । यता, गुजरात पहिलो क्वाफिायरको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।