आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार । सन् २०२६ मे २९ तारिख । नेपाल संवत् ११४६ । अधिक जेठ शुक्लपक्षको त्रयोदशी तिथि । बिहान १० बजेर १९ मिनेटदेखि मध्यान्ह १२ बजेर १ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर ११ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
नियमित कार्यमा जाँगर बढ्ने, यशवर्चश्व वृद्धि हुने समय छ । धैर्यधारण गरी परिश्रम गर्न सके महत्वपूर्ण उपलब्धि हातपर्ने देखिन्छ । तपाईंका काम र व्यक्तिगत व्यवहारको प्रशंसा गर्नेहरू बढ्नेछन् । आर्थिक क्रियाकलापमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ । शारीरिक आरोग्यता रहनेछ ।
बृष
अधुरा काम सम्पन्न हुनसक्ने समय छ । पैतृक सम्पतिबाट लाभ मिल्नुका साथै आर्थिक क्रियाकलापमा आकर्षण बढ्नेछ । सामाजिक तथा धर्मिक कार्यमा रुचि बढ्ला । खर्च बढे पनि आत्मिक सुख मिल्नेछ । नियमित कार्यमा पनि जाँगर बढ्ने देखिन्छ ।
मिथुन
आजको दिन केही चुनौतीयुक्त रहनेछ । शारीरिक तथा मानसिक आलस्यता बढ्ने देखिन्छ । कसैसँग विवाद र झमेलाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । तथापि, मित्रजनको साथ–सहयोगले समस्याबाट पार पाइने योग छ ।
कर्कट
सोचेअनुरुप काम नहुने र परिवारजनसँग पनि असमझदारी बढ्नसक्ने समय छ । मित्र एवम् मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तर विवेकको सही प्रयोगले समस्यासँग एक्लै जुझ्न सकिनेछ । व्यवहारिक समस्याले सताउने योग छ ।
सिंह
नियमित कर्ममा जाँगर बढ्नुका साथै प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थलको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला ।
कन्या
महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । मनमा सद्विचार आउनाले दिन उत्साहजनक रहला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान–सम्मान पनि पाइनेछ । कृषिजन्य व्यापारबाट विशेष फाइदा हुने योग छ ।
तुला
खासै बलियो नभएको हुँदा सावधानी अपनाइ नियमित क्रियाकलाप गर्नु उचित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । धेरै बोल्नु भन्दा शान्तसँग काम गरेर परिणाम निकाल्नेतर्फ लाग्नु हितकर हुनेछ । सन्तान पक्ष या अनुयायीबाट खोजे जस्तो सहयोग नपाउदा केही पीडाको होला । धननासको योग छ, सजगता अपनाउनुहोला ।
वृश्चिक
वौद्धिक, रचनात्मक एवम् सिर्जनात्मक कार्यमा सोचेअनुसार सफलता मिल्नुका साथै पारिवारिक समस्याको समाधान मिल्ने समय छ । आर्थिक क्रियाकलापमा उन्नतिको अवसर प्राप्त होला । एकपछि अर्को सफलताले नियमित क्रियकलापमा पनि जाँगर बढ्ने देखिन्छ । आफन्तजनको सहयोगबाट रोकिएका काममा गति मिल्नेछ ।
धनु
शुभता वृद्धिका साथै पराक्रम र जाँगर बढ्नाले आर्थिक क्रियाकलापमा गति बढ्ला । सामाजिक कार्यले प्रतिष्ठा दिलाउने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । धनलाभको योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धी पछि पर्ने छन् ।
मकर
केही चुनौतीको माहोल देखिएपनि आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बिस्तारै बन्न थाल्नेछन् भने कार्यसिलसिलामै यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
कुम्भ
मिश्रित फलदायी समय छ । कामको प्राथमिकता छनोटमा अलमलको अवस्था बन्ने देखिन्छ । नियमित क्रियाकलापमा फेरबदल आउनाले प्रगतिको दरमा केही मन्दी आउनसक्छ । खर्च वृद्धिको योग छ, सजग रही आर्थिक व्यवहार गर्नुहोला । रसरागको क्रियाकलापमा आकर्षण बढ्ने छ ।
मीन
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । नयाँ योजना अघि बढाउने सोचमा हुनुहुन्छ भने सोचेअनुसार अघि बढ्न कठिन पर्ने देखिन्छ, तत्कालका लागि थाती राख्नु उचित हुनेछ ।