आर्थिक सर्वेक्षणले भन्यो प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

0 Shares

काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीका आधारमा प्रतिहजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स रहेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या क्रमशः १.१ चिकित्सक र २.८६ नर्स मात्र थियो। सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार स्वास्थ्य सेवामा जनशक्तिको विस्तारसँगै आधारभूत तथा विशेषज्ञ सेवामा पहुँच पनि क्रमशः सुधार हुँदै गएको छ।

आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म सरकारी सेवामा डाक्टर, नर्स, अनमी, वैद्य, स्वास्थ्य सहायक तथा महिला स्वास्थ्य स्वयंसेविकासहित कुल १ लाख ४ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेको जनाएको छ।

सम्बन्धित समाचार