काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था र राष्ट्रिय समाचार समिति(रासस)बाट मात्रै वाक्यौता ७७ करोड रुपैया रहेको छ । विज्ञपानपन वापतको रकम सरकारी सञ्चार माध्यमका कर्मचारीले नउठाएपछि लामो समयदेखि बक्यौता रहेको हो ।
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले सरकारी सञ्चार माध्यमका वक्यौता सबै उठाउन निर्देशन दिएका छन् । सरकारी सञ्चार माध्यमका कर्मचारीले सेटिङ मिलाएर बक्यौता नउठाएपछि मन्त्रीले तत्काल उठाउन आग्रह गरेका छन् । ‘वक्यौता तत्काल उठाउन्स् नभए कानुन बमोजिम छिटो उठाएर संस्थालाई व्यवस्थित बनाउनु पर्ने छ’ उनले भने साथै मन्त्री तिमिल्सिनाले संस्थानको सबै लेखा परीक्षण समेत गर्न निर्देशन दिएका छन् ।
हाल गोरखापत्र संस्थाले ४१ करोड, सार्वजनिक सेवा प्रसारण संस्थाले ३५ करोड र राससले एक करोड उठाउन वाँकी रहेको छ । लामो समयदेखि कर्मचारीले बक्यौता नउठाएको बेला मन्त्रालयले ताकेता गरेर बक्यौता उठाउन निर्देशन दिएपछि कर्मचारीलाई दबाब परेको छ ।