0
Shares
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण पेस गर्दै यस्तो जानकारी दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान छ । प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढी योगदान रहने अनुमान गरिएको छ ।
सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान छ । यस्तो प्रतिकूल विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ ।
प्रदेशगतरुपमा बागमती र गण्डकीबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ ।