सुनको भाउ फेरि घट्यो

0 Shares

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घट्दा चाँदी तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१३।१३ अमेरिकी डलर र चाँदी ७६।९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार