0
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् । उनले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग सामूहिक रुपमा भेटेका हुन्।
भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा कुरा भएको बताइएको छ।
बालेन्द्रले यसअघि अमेरिका, ईयू र भारतबाट आएका कूटनीतिज्ञहरूलाई एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए ।