भि-चित्रद्वारा नेपालको खेलकुद मार्केटिङ क्षेत्रको उदीयमान सम्भावना उजागर

0 Shares

काठमाडौं। भि-चित्र प्रा.लि.ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको छ।

एजेन्सीले विराटनगर किंग्स एनपीएल सिजन २ को सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यका लागि उक्त सम्मान प्राप्त गरेको हो। यी दुवै अभियानले नेपालको खेल तथा मनोरञ्जन उद्योगमा नयाँ मापदण्ड स्थापित गरेका छन्।

विराटनगर किंग्सका लागि भि-चित्रले क्रिकेट टोलीको प्रचारमा मात्र सीमित नभई फरक अवधारणासहित अभियान सञ्चालन गरेको थियो। “किंगडम” अवधारणामा आधारित उक्त अभियानमा खेलाडी सार्वजनिक गर्ने कार्यक्रम, मस्कट परिचय, ट्रफी टुर र खेलका मुख्य क्षणहरूलाई एउटै निरन्तर कथाको रूपमा प्रस्तुत गरिएको थियो। इन्स्टाग्राम, टिकटक, फेसबुक र युट्युबमार्फत सिजनभर एक हजार ७०० भन्दा बढी सामग्रीहरू प्रकाशन गरिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसको सार्वजनिक घोषणा यस अभियानको मुख्य आकर्षण बनेको थियो। जहाँ एउटै टिजर पोस्टले ११ लाख भ्यूज प्राप्त गरेको थियो। सिजनको अन्त्यसम्ममा यस अभियानले इन्स्टाग्राममा ७ करोड ३९ लाखभन्दा बढी, टिकटकमा २ करोड ९० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने ४५० भन्दा बढी मिडिया कभरेज हासिल गर्दै बिराटनगर किंग्सलाई लिगकै सबैभन्दा प्रभावशाली डिजिटल फ्रेन्चाइजको रूपमा स्थापित गरेको थियो।

दोस्रो स्वर्ण पुरस्कार ‘युनिटिङ नेपाल थ्रो फुटबल’ अवधारणामा आधारित नेपाल सुपर लिग सिजन ३ को थिम तथा डिजाइनका लागि प्रदान गरिएको थियो। यस अभियानअन्तर्गत दशरथ रंगशालामा २३० भन्दा बढी ब्रान्डिङ सामग्री प्रयोग गरिएको थियो भने नेपालको खेल इतिहासमै पहिलोपटक सात सहरमा ट्रफी टुर आयोजना गरिएको थियो।

साथै, रंगशालाको अनुभवलाई डिजिटल माध्यममार्फत ५० भन्दा बढी देशका दर्शकसम्म पुर्‍याइएको थियो। खेलको मस्कटका रूपमा अटिजम भएका बालबालिकाको सहभागिताले एकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश दिएको थियो। जसले दर्शकमाझ गहिरो प्रभाव पारेको थियो। लिग लगातार ३० दिनसम्म राष्ट्रिय ट्रेन्डमा रह्यो। जसले टिकटकमा ४५ करोड ९० लाख भ्यूज र १२ करोड ३४ लाख रुपैयाँ बराबरको पीआर मिडिया भ्यालु सिर्जना गरेको थियो।

यी दुवै अभियानले भी९चित्रको खेलकुदसँग सम्बन्धित क्षणहरूलाई सांस्कृतिक रूपमा अर्थपूर्ण र डिजिटल रूपमा प्रभावशाली कथामा रूपान्तरण गर्ने क्षमता झल्काएको छ।

सम्बन्धित समाचार