सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार