पोखरामा १२ मेसिन हस्तान्तरण गर्दै जेसीबीले पश्चिम नेपालमा बनायो बलियो उपस्थिति

0 Shares

काठमाडौं। निर्माण उपकरण उत्पादक जेसीबीले पश्चिम नेपालमा आफ्नो बजार उपस्थिति थप विस्तार गर्ने क्रममा पोखरामा १२ वटा निर्माण उपकरण हस्तान्तरण गरेको छ। कम्पनीले विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममार्फत प्रमुख ग्राहकलाई मेसिन उपलब्ध गराएको हो।

हस्तान्तरण गरिएका उपकरणमा जेसीबीको 3DX ब्याकहो लोडर र JCB 221 एक्स्काभेटर रहेका छन्। कम्पनीका अनुसार यी उपकरण टिकाउपन, सञ्चालन क्षमता र पुनर्बिक्री मूल्यका कारण नेपाली बजारमा लोकप्रिय मानिन्छन्।

कार्यक्रममा पश्चिम क्षेत्रका निर्माण व्यवसायी, ठेकेदार तथा पूर्वाधार विकासकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीले यसलाई पश्चिम नेपालमा बढ्दो पूर्वाधार गतिविधिसँगै निर्माण उपकरणको माग विस्तार भएको संकेतका रूपमा व्याख्या गरेको छ।

जेसीबी नेपालले देशभर ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी प्राविधिक जनशक्तिमार्फत सेवा दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार प्रभावकारी ‘आफ्टर सेल्स’ सेवा, स्पेयर पार्ट्सको उपलब्धता र न्यून सञ्चालन जोखिमका कारण ग्राहकको विश्वास बढ्दै गएको छ।

कार्यक्रममा बोल्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरू अहिले लगानीको प्रतिफल र दीर्घकालीन विश्वसनीयतामा बढी केन्द्रित हुन थालेको बताए। उनका अनुसार बजारमा प्रतिस्पर्धा बढिरहेका बेला कार्यसम्पादन र सेवा सुनिश्चितताले ब्रान्ड रोजाइमा प्रभाव पारिरहेको छ।

पश्चिम नेपालमा पूर्वाधार निर्माणले तीव्रता पाइरहेका बेला उपकरणको सञ्चालन क्षमता, मर्मत सेवा र जीवनचक्र लागत अहिले व्यवसायीका प्रमुख चासोका विषय बनेका छन्। कम्पनीले आफ्नो सेवा प्रणालीले ग्राहकलाई न्यून डाउनटाइम र उच्च उत्पादकता सुनिश्चित गरेको दाबी गरेको छ।

कार्यक्रममा उपकरणको प्रत्यक्ष प्रदर्शन र ग्राहक अन्तरक्रिया सत्रसमेत आयोजना गरिएको थियो।

जेसीबीको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले विश्वस्तरीय निर्माण उपकरण र सेवा नेटवर्कमार्फत नेपाली निर्माण क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार