नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने ‘मुड’मा

0 Shares

काठमाडौंँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय र प्रदेश सरकामा दौडधुपमा सक्रिय भएको छ । नाउपा दुई पक्षमा विभाजित भएपछि अध्यक्ष रञ्जिता श्रेष्ठको पक्ष सरकारमा जाने मुडमा भएको हो ।

पार्टी संरक्षक रेशम चौधरी पक्षले विरोध जनाउँदै आए पनि रञ्जिता पक्ष चाहिँ सरकारमा जाने गृहकार्यमा लागेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नाउपाको रञ्जिता पक्ष सरकारमा जाने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नाउपाको अध्यक्ष रञ्जितासहितको नेताहरूले जेठ ७ विश्वसको मत दिने र सरकारमा जाने विषयमा कुराकानी भएको नाउपाका एक नेताले बताए ।

‘हामी सरकारमा जाने तयारी भएका हौँ, प्रधानमन्त्रीसँग त्यही कुरा भएको छ, को को जाने भन्ने टुंगो लागेको छैन, कुन मन्त्रालय लिने भन्नेबारे छलफल हुन बाँकी छ, सरकारमा जानलाई हामी सकारात्मक छौँ,’ उनले भने ।

अहिले संघीय सरकारमा कुनै मन्त्रालय खाली नभकाले प्रधानमन्त्रीले कुन मन्त्रालय दिने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल अगाडि बढाएका छन् ।

नाउपासँगको छलफलमा सुदूरपश्चिम प्रदेशमा मुख्य मन्त्रालयहरू अहिले नै पाउने भएको छ । यस्तै, मुख्यमन्त्री पनि पाउने गरी छलफल भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्रीले विश्वासको मत पाउने भएपछि शीर्ष नेताहरूसँग भेटघाट अगाडि बढाएका छन्

सम्बन्धित समाचार