सुरक्षित खानेपानी व्यवस्थापनमा जोड दिँदै छिन्चु उपत्यका खानेपानी संस्थाको साधारण सभा सम्पन्न

0 Shares

काठमाडौं । सुर्खेतको छिन्चु उपत्यका खानेपानी संस्थाको १७औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज खड्काको अध्यक्षतामा भएको उदघाटन समारोहका प्रमुख अतिथिमा राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली रहेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साना सहरी क्षेत्रमा खानेपानी सेवा विस्तार र व्यवस्थापनमा सहकार्यको आवश्यकता रहेको बताए । यस्तै, अन्य वक्ताहरुले सुरक्षित र दिगो खानेपानी व्यवस्थापनमा जोड दिएका थिए ।

वक्ताहरुले हालसम्म संस्थाले वितरण गरिरहेको खानेपानी सेवाको प्रशंसा गर्दै यसको निरन्तरता र उपभोक्तामैत्री सेवाका लागि आग्रह समेत गरेका छन् । यस्तै कार्यक्रमका विशेष अतिथि तथा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय तह र खानेपानीसंस्था बीच समन्वय गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

छिन्चु उपत्यका खानेपानी संस्थाका अध्यक्ष खड्काले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेका थिए । उनले उपभोक्तामैत्री सेवा, स्रोत संरक्षण र दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभामा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार