काठमाडौं। गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।
सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटलमा सिटी स्क्यान, एक्सरेलगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाउने छन्। त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटलको बेड शुल्कमा १५ प्रतिशतसँगै अन्य सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिने छ।
गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकको मोबाइल बैकिङ् र डेविट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुवै हस्पिटलहरुबाट सहजै छुट पाउने भएका हुन्। हाल, गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ्मार्फत करिब ९ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।