0
Shares
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात रही निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ। बैंकले लामो समयदेखि चल्ती नभएका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम दाबी गर्न समेत आग्रह गरेको छ।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षसम्म शून्य मौज्दात रही सञ्चालनमा नरहेका खाताहरू बन्द गरिनेछ।
साथै, सोही अवधिसम्म चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आफ्नो रकम लिन सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। बैंकले २० वर्षसम्म पनि दाबी नपरेका निक्षेप रकम भने नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ।