0
Shares
काठमाडौं । अमेरिकाको वित्त मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनी र विमानमा प्रतिबन्ध लगाएको छ।
बीबीसीका अनुसार उनीहरूविरुद्ध इरानका लागि हतियार वा हतियारका सामान खरिद र आपूर्ति गरेको आरोप अमेरिकाले लगाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधि बढाउने घोषणा गर्नुअघि अमेरिकाले यो कदम चालेको हो।
यसका माध्यमबाट अमेरिकाले इरानमा आर्थिक दबाब कायम राख्ने प्रयास गरेको छ।
प्रतिबन्ध लगाइएका व्यक्ति वा कम्पनीका सम्पत्ति वा कारोबार जुन अमेरिका वा कुनै अमेरिकीसँग छ भने त्यो अब रोकिनेछ।
त्यो सम्पत्तिको आधा ९५० प्रतिशत० वा सोभन्दा बढी स्वामित्वको हक राख्ने कम्पनीका लागि पनि त्यही नियम लागु हुने अमेरिकाले जनाएको छ।