काठमाडौं। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ३६ अंकले बढेर २८३८ बिन्दुमा समेटिएको छ।
शुक्रबार ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ। ऋाज कारोबार रकम पनि घटेको छ। बिहीबार ९ अर्ब ३१ करोडको सेयर किनबेच भएको हो।
आज १०८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। नेप्सेका अनुसार आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावरको ६६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, दोस्रोमा सोलु हाइड्रोपावर कम्पनीको ३७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ र रिडी पावरको ३४ करोड २ लाख सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोपावर कम्पनी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। चार कम्पनीमा सर्किट ब्रेक लागेको हो।
रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।