0
Shares
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभपातिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय दलको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित भएका हुन्।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सघाउने विपक्षी दलले निर्णय गरेका छन्।
बिहीबार बसेको कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त बैठकले मिलेर जाने निर्णय गरेको हो। लेखा समिति सभापतिमा कांग्रेसलाई सघाउन एमाले र नेकपा सहमत भएका हुन्।