एभरेष्ट बैंकले बैंकिङ समय परिवर्तन गर्‍यो, ९ बजेदेखि ४ बजेसम्म खुल्ने

0 Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ सेवा समय परिवर्तन गरेको छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार चैत २३ गते (सोमबार)देखि लागू हुने गरी सबै शाखाबाट प्रदान गरिँदै आएको नियमित सेवा नयाँ समयअनुसार सञ्चालन हुने भएको हो ।

सरकारले आइतबार मन्त्रीपरिषद् बैठक मार्फत इन्धन आपूर्तिमा असहज भएको भन्दै सरकारी र शैक्षिक संस्था आइतबार र शनिबार बिदा दिने निर्णय गरेको थियो । साथै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई आत्मसाथ गर्दैै एभरेष्ट बैंकले समेत सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा उपलब्ध गराउने सूचना मार्फत जानकारी गराएको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सेवा समय समायोजन गरिएको जनाएको छ।

यस सम्बन्धमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई जानकारी गराउँदै नयाँ समयअनुसार सेवा लिन अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार