बालेन हप्ता दिनभित्र प्रधानमन्त्री बन्दै

0 Shares

काठमाडौं । राष्ट्रिय रास्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) आगामी हप्ता दिनभित्रै प्रधानमन्त्री हुने भएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जनाको नतिजा सार्वजनि गरिसकेको छ । आयोगले चैत ५ गते निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखेको छ ।

प्रमाणपत्र ग्रहण कार्यक्रमपूर्व निर्वाचित उम्मेदवारले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको तस्बिर चैत ३ गतेसम्म उपलब्ध गराउन पनि आयोगले सूची तय गरेको छ । त्यसपछि चैत ५ गते आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

राष्ट्रपतिले संसदको ठूलो पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने छन् । रास्वापाले बालेनलाई प्रधानमन्त्री बनाउन पार्टीको विधान संशोधन गरिसकेको छ । पार्टी सभापति रवि लामिछाने भए पनि संसदीय दलको नेता बालेन हुने छन् ।

तर, रास्वपाले बालेनलाई दलको नेता बनाएपछि कति वर्षसम्म सहयोग गर्छ त्यो हेर्न बाँकी छ । बालेनले आफूलाई पाँचै वर्ष प्रधानमन्त्री पद  दिनुपर्ने बताइसकेका छन् ।

रास्वपाको मंगलबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा राखेर अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । त्यसमा संसदीय प्रक्रिया, मिडिया र कानुनी विषयमा प्रशिक्षण दिने बताएको छ ।

रास्वपालले सम्पूर्ण तयारी गरेपछि चैत १० गते बालेन प्रधानमन्त्रीका रुपमा देशको बागडोर सम्हाल्ने पार्टीकै नेताहरुले बताएका छन् । बालेनले मन्त्रीको रुपमा को-को लैजान्छन्? कति संख्याको मन्त्रीमण्डल बनाउँछन्? भन्नेबारे बाहिर सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार