गोरखाबाट लेखनाथ न्यौपानेलाई हराएर रास्वपा विजयी

0 Shares

काठमाडौं ।  गण्डकी प्रदेशअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नं‍ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्।

बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गरी शानदार जित हासिल गरेका हुन्। यस क्षेत्रबाट लामो समयदेखि तत्कालीन माओवादीको पकट क्षेत्रको रुपमा रहेको थियो । यस निर्वाचनमा नेकपाको किल्ला रास्वपाले भत्काएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याएका छन्।

नेकपा एमाले का उम्मेदवार चक्रे मिलन भने ३ हजार ८७ मतमा सीमित भएका छन्।

 

सम्बन्धित समाचार